धादिङबाट पनि कांग्रेसको विजयी सुरुवात : बेनिघाट रोराङ गाउँपालिका १ को वडाध्यक्षमा तामाङ निर्वाचित

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं १ मा नेपाली काँग्रेसका जीवन सिं तामाङ ५ सय ३४ मत ल्याउदै विजयी भएका छन् । उनका निकटतम प्रतिवन्दी नेकपा माओवादी केन्द्रका मिलन कुमार लामालाइ २९ मतले पछि पार्दै तामाङ विजयी भएका हुन् । लामाले ५ सय ५ मत प्राप्त गरेका छन् । तामाङ २०७४ को स्थानीय तहको निर्वाचनमा […]

पुरै पढनुहोस

ठूला शहरमा स्वतन्त्र उम्मेदवारको अग्रता

काठमाडौं । काठमाडौं महानगर सहित केही ठूला शहरमा स्वतन्त्र उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् । काठमाडौं महानगर, धरान उपमहानगर, धनगढी उपमहानगर, जनकपुर उपमहानगर, धुलिखेललगायत नगरपालिकामा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । राजधानी उपत्यका रहेको काठमाडौंको प्रारम्भिक नतिजा अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता लिएका छन् । साहले १५७ मत ल्याउँदा नेकपा एमालेका केशव स्थापितले १०९ […]

पुरै पढनुहोस

१० स्थानीय तहको मतपरिणाम सार्वजानिक : एमालेले जित्यो ५ पालिका

स्थानीय तह निर्वाचनको मतपरिणामसँगै नतिजा आउन सुरू भएको छ। अहिलेसम्म १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ। जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस […]

पुरै पढनुहोस

स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाको मृत्यु

स्याङ्जा – स्याङ्जाकाे वालिङ-१४ काे अर्खलाबासमा मतदाता बोकेको जीप दुर्घटना हुँदा १३ जनाकाे ज्यान गएकाे छ । १० जना घाइते भएका छन् । मतदानका लागि जाँदै गरेका मतदाताहरु बाेकेकाे  ग २ च ३०२६ नम्बरकाे जीप  पर्वत जोड्ने सडकबाट झरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक पदम थापाले १० जना घाइतेलाई उपचारका लागि लगिएको जानकारी दिनुभयाे । उनीहरुकाे […]

पुरै पढनुहोस

आइतबार ओपीडी सेवा कसरी सञ्चालन गर्ने ?

काठमाडौँ । आइतबारदेखि अस्पतालहरुमा ओपिडी सेवा सञ्चलन गर्ने कि नगर्ने भन्ने विषयमा अन्यौलता छाएको छ । जेठदेखि आइतबार समेत सार्वजनिक विदा हुने भएपछि अस्पतालहरुमा ओपीडी सेवा सञ्चालनका सम्बन्धमा अन्यौलता छाएको हो । जेठदेखि स्वास्थ्य क्षेत्रका कर्मचारी पनि हप्तामा दुई दिन सार्वजनिक विदामा बस्दैछन् । शनिबार र आइतबार दुई दिन स्वास्थ्यकर्मी विदामा बस्ने भएपछि ओपिडी सेवा […]

पुरै पढनुहोस

ओलीले चुनावी सभामा संवोधन गर्दै गर्दा सर्प आएपछि भागाभाग

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली चुनाव सभामा सम्बोधन गर्न बिहीबार कैलाली पुगेका छन्। सम्बोधनको क्रममा चुनावी सभा क्षेत्रमा सर्प आएपछि केही समय भागाभागसमेत भएको थियो। मान्छेहरु चिच्याउँदै गर्दा ओलीले थामथुम पार्ने प्रयास गरेका थिए। सुरुमा त उनले पछि नारा लगाउनु भन्दै आग्रह गरेका थिए। तर सर्प आएको थाहा पाएपछि ओली पनि केही […]

पुरै पढनुहोस

रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण थिएन : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रेशम चौधरीलाई मुद्दा लगाउनुपर्ने कुनै कारण नै नभएको दाबी गरेका छन्। आज कैलालीमा एमालेले गरेको सभामा बोल्दै उनले घटना हुँदा कैलालीमा नरहेका चौधरीलाई मुद्दा लगाइएको बताएका थिए। ‘यहाँका थारू नेता जेलमै छन्। अनेकौं हजारौं मानिस मरे जेलमा हुनु परेन। यहाँ हुँदै नभएको मान्छेलाई मुद्दा लगाएर। रेशम चौधरी त्यसबेला यहाँ […]

पुरै पढनुहोस

१७ जना संक्रमित थपिए, देशभर २१७ जना सक्रिय संक्रमित

नेपालमा थप १७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ३ हजार ८११ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १५ र एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १५ जना संक्रमणमुक्त भएका छन् । नेपालमा ९ लाख ६६ हजार ७३० जना निको भइसकेका छन् । हाल देशभर २१७ जना सक्रिय […]

पुरै पढनुहोस

गोरखामा ३५ वर्षीया महिला मृत भेटिइन्

गोरखा । गोरखा नगरपालिका–९ लक्ष्मीबजारकी ३५ वर्षीया फुलमाया सिर्मल मृत अवस्थामा भेटिएकी छन् । गोरखा नगरपालिका-६ भिआइपी टोल स्थित नरेश श्रेष्ठको घर अगाडी बारीमा वुधवार बिहान उनको शव भेटिएको हो । ‘घटनास्थलमा रगत पनि देखिएको छ,’ जिल्ला प्रहरी प्रमुख एसपी केदार खनालले भने, ‘कसैले हत्या गरेको हुनसक्ने अनुमान पनि गरेका छौं।’ मृतकको शव पोष्टमार्टमका लागी […]

पुरै पढनुहोस

काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बस दुर्घटना : १५ जना घाइते

धादिङ – धादिङकाे थाक्रे गाउँपालिका-७ जुंगेखोलामा आज बिहान बस दुर्घटना हुुँदा १५ जना घाइते भएका छन् । काठमाण्डौबाट धादिङबेसीका लागि छुटेकाे बा ५ ख ७४ नम्बरको बस  सडकमा पल्टिएकाे हाे । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । अन्यको अवस्था सामान्य रहेकाे र उनीहरुलाई शिवदर्शन अस्पताल धार्केमा उपचारका लागि पठाइएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो । […]

पुरै पढनुहोस