को हुन् टानका भावि महासचिवको रुपमा चर्चामा रहेका सुवेदी

खबर देश पर्यटन

यति वेला ठमेलको वातावरण निकै गर्मागर्मि भएको छ । नजिकिदै गरेको ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) को बार्षिक साधारण सभा तथा अधिवेशनले ठमेललाई छपक्कै छोपेको छ । अधिवेशनबाट नयाँ कार्य समिति चुनिने भए पछि अहिले ठमेलमा टानको भावि कार्य समिति कस्तो बन्ने होला भन्ने चर्चा सुरु भएको छ । समुह बनाएर चुनावी माहोलमा होमीएका व्यवसायीहरु अहिले आफ्नो पक्षमा भोट माग्न र आफ्ना चुनावी एजेण्डाहरु सुनाउन व्यस्त छन् । वास्तवमा टानको निर्वाचनलाई राष्ट्रिय स्तरमा समेत निकै महत्वका साथ हेर्ने गरिन्छ । त्यसैले टानको पदाधिकारी वन्नुलाई प्रतिष्ठाको रुपमा समेत लिने गरिएको छ ।

यसै बिच टान निर्वाचनमा राजन्द्रप्रसाद सापकोटाको समुहबाट महासचिवका प्रत्यासी वनेका राजेन्द्रप्रसाद सुवेदीको चर्चा यतिबेला ठमेलमा निकै चुलिएको छ । भवि महासचिवको रुपमा उनको चर्चामा चुलिएको हो । टानको कार्यसमितिमा रहेर कार्य गरिसकेमा सुवेदी पुराना अनुभवि एवं सफल व्यावसायि समेत हुन् । नेपालको पर्यटन क्षेत्रको विकासमा उनको भुमिका पनि निकै महत्वपुर्ण छ ।

को हुन् सुवेदी
धादिङको निलकण्ठ नगरपालिका वडा नं ९ मा जन्मिएका सुवेदी सालिन र भद्र स्वभावका व्यक्तिको रुपमा परिचित छन् । उनको यही गुण नै उनको व्यावसायिक सफलताको आधार हो । विगत २१ वर्षदेखि पर्वतिय पर्यटनको क्षेत्रमा जोडिएर निरन्तर कर्म गर्दै आईरहेका उनको जीवन संघर्ष पनि निकै प्रेण्नादायि र मर्म स्पर्शी छ । दु:खमा नआत्तीनु र सुखमा नमात्तीनु भन्ने सोचले नै उनी आज सफल व्यवसायि बन्न सफल भएका छन् । उनको यस पटकको टान निर्वाचनमा चुनाव जित्ने आधार पनि यहि रहेको उनलाई नजिकबाट चिन्नेहरु बताउछन् ।

अपी हिमाल ट्रेक्स एन्ड एक्सपिडिसनका सञ्चालक सुवेदी साहाराविन र गरिव बालकालिकाको पनि सारथी हुन् । उनकै कारण आज कयौ बालकालिकाहरुले नयाँ र सुनौलो जीवन पाएका छन् ।
समाज सेवामा रुचि राख्ने सुवेदी गणेश हिमाल पर्यटन विकास समितिको उपाध्यक्ष पनि हुन्। उनले व्यावस्थापन संकायमा स्नातक तह उर्तिण गरेका छन् ।

हजारौ पर्यटकलाई नेपाल भ्रमण गराइसकेका सुवेदी विभिन्न देशका पदयात्रीलाई लिएर नेपालका अधिकांश मुख्य ट्रेकिङ गन्तव्यमा समेत पुगेका छन् । उनी पर्यटनलाई समाज, संस्कृति र शिक्षासँग जोड्न सके देशले तिव्रगतिमा विकासमा फड्को मार्ने मत राख्दछन् । सामाजिक सेवा, पत्रकारिता र खेलकुदमा रुचि राख्ने उनले टान कार्यसमितिमा रहँदा धादिङको पर्यटकीय क्षेत्र रुवीभ्याली ट्रेक प्रवद्धनमा उल्लेखनीय भुमिका समेत निर्वाह गरेका छन् । अमेरिका, युरोप लगायत विभिन्न देशका विभिन्न विद्यालयमा उनले जलवायु परिवर्तन, पर्यटन, सामाजिक सेवा जस्ता अन्तर्राष्ट्रिय तथा मानवीय विषयहरुमा लेक्चर समेत दिँदै आएका छन् । सुवेदी पर्यटनलाई सम्पुर्ण रुपमा बुझेको व्यक्तित्वको रुपमा परिचित छन् ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *